बुमराह टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी

हिमाल प्रेस १६ असार २०८१ ७:३३
10
SHARES
बुमराह टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ- विजेता टोली भारतका तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी टी-२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका थिए । यस क्रममा उनले १५ विकेट लिए।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा बलिङ गरे। उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २-२ विकेट लिएका थिए।

यस्तै उनले अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अस्ट्रेलियासँग १ विकेट हात पारे । शनिबार राति बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।

फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए। यसअघि भारतले सन् २००७ मा पाकिस्तानलाई हराउँदै टी-२० विश्वकपको पहिलो उपाधि जितेको थियो ।

 

प्रकाशित: १६ असार २०८१ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =