कोहलीको अकास्मात् संन्यास

हिमाल प्रेस १६ असार २०८१ ६:५५
10
SHARES
कोहलीको अकास्मात् संन्यास भारत र दक्षिण अफ्रिका बीचको खेलमा ब्याटिङ गर्दै भारतका विराट कोहली। तस्बिर : एपी/रासस

काठमाडौँ- भारतीय क्रिकेटका प्रमुख ब्याटिङ हतियार हुन्, विराट कोहली। भारतका लागि ओपनर वा तेस्रो पोजिसनमा ब्याटिङ गर्ने कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्।

दक्षिण अफ्रिकामाथि जित निकाल्दै विश्वकप क्रिकेट २०२४ को उपाधि भारतले चुमेलगत्तै कोहलीले संन्यास घोषणा गरेका हुन्। टी-२० विश्वकप २०२४ का अघिल्ला खेलहरू कोहलीका लागि निराशाजनक रहे। तर उनले फाइनलमा उल्लेखीय प्रदर्शन गरे।

कोहलीकै प्रदर्शनले दक्षिण अफ्रिकामाथि भारतले मध्यम लक्ष्य बनायो। ७ रनको झिनो रनले भारतले उपाधि चुम्यो। यही अवसरमा कोहलीले सन्यांस गरे। कोहलीको संन्यास अकास्मात् हो। फाइनलका उनी ‘मेन अफ द म्याच’ थिए। त्यसैबेला उनले सन्यांस घोषणा गरे। ‘नयाँ पुस्तालाई अवसर दिन खोजेको हुँ। यो मेरो अन्तिम टी २० क्रिकेट हो।’ कोहलीले भनेका छन्।

कोहलीले टी–२० क्रिकेटमा भारतका लागि १ सय २५ वटा खेल खेलरले ४ हजार १ सय ८८ रन जोडेका छन्।

३५ वर्षीय उनले भारतबाट १२५ टी २० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए।

उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी(२० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी-२० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।

उनले ४८।६९ को औसत र १३७।०४ को स्ट्राइक रेटमा रन बनाएका छन्।

‘रोहित शर्माको यो नवौं विश्वकप थियो भने मेरो छैटौं टी–२० विश्वकप थियो। पछिल्ला केही खेलमा मैले राम्रो प्रदर्शन गर्न सकिनँ। यस समयमा म भित्रका भावनाहरू बाहिर आउन सकेका छैनन्,’ उनले भने। कोहलीले एक दिवसीय र टेष्ट क्रिकेट प्रतियोगिता खेल्नेछन्।

प्रकाशित: १६ असार २०८१ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =