कति छ आजको डलरको भाउ?

हिमाल प्रेस १६ असार २०८१ ६:३१
10
SHARES
कति छ आजको डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् शनिबार कारोबार भएको मूल्यमै आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुनेछ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८९ रुपैयाँ निर्धारण भएको छ। आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७० पैसा निर्धारण भएको छ।

प्रकाशित: १६ असार २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast