अनमोल र जसिता ‘जेरी अनटप’ मा देखिने, भ्यालेन्टाइन्स डे मा फिल्म आउने

हिमाल प्रेस १५ असार २०८१ १२:२३
4
SHARES
अनमोल र जसिता ‘जेरी अनटप’ मा देखिने, भ्यालेन्टाइन्स डे मा फिल्म आउने

काठमाडौँ- अनमोल केसी स्टारर फिल्म ‘जेरी अनटप’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा फागुन २ गते रिलिज हुने जनाइएको छ।

निर्माता सरोज न्यौपानेले प्रेम दिवसको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको जानकारी दिए।

यो फिल्मको शीर्ष भूमिकामा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा अनुबन्धित भैसकेका छन्। साउन १ गतेदेखि छायांकन सुरु हुने फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्नेछन्।

काठमाडौँ, लुक्ला र मुस्ताङमा छायांकनको तयारी छ। निर्माणमा सरोजले दीपक भण्डारी र रोबिन शेरचनसँग सहकार्य गरेका छन्।

प्रकाशित: १५ असार २०८१ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =