काठमाडौँ- गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ।
गीतमा दीपक शर्माको संगीत र नवराज ढुंगानाको शब्द रहेको छ।
यसको भिडियोमा प्रियंका कार्की, कविता नेपाली र सरोज ओलीको अभिनय रहेको छ। भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् भने पवन सुस्लिङ्गले छायाँकन र सम्पादन गरेका छन्।
भिडिओमा प्रियंका कार्की र कविता नेपाली हिरोइनको भूमिकामा छन्। गायक तथा कलाकार सरोज वली भने सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन्।
प्रकाशित: १५ असार २०८१ ११:५५
प्रतिक्रिया