वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब अनलाइनबाट हुन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

हिमाल प्रेस १५ असार २०८१ ११:३७
2
SHARE
वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अब अनलाइनबाट हुन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गते देखि पूर्णरूपमा अनलाइनमार्फत हुने बताएका छन्।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै प्रमाणीकरण साउन १ बाट पूर्णरूपमै अनलाइनमा जाने स्पष्ट पारे।

सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो।

 

प्रकाशित: १५ असार २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =