गुल्मी पहिरो अपडेट : हराइरहेका बुहारी र नातिनी पनि मृत भेटिए, मृतकको संख्या ५ पुग्यो

हिमाल प्रेस १५ असार २०८१ ११:२६
14
SHARES
गुल्मी पहिरो अपडेट : हराइरहेका बुहारी र नातिनी पनि मृत भेटिए, मृतकको संख्या ५ पुग्यो

गुल्मी- गुल्मीमा पहिरोले शुक्रबार राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।

मालिका गाउँपालिका-६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली र नातिनी विपनाको मात्र शव फेला परेको थियो। बुहारी सीता र नातिनी सपनाको हराएकी थिए। तर पछिल्लो विवरण अनुसार ५ जना नै मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका २ जना पनि मृत भेटिएका छन्।

भुजेलका अनुसार पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ। घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।

गुल्मीमा पहिरोमा पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु, दुई बेपत्ता

प्रकाशित: १५ असार २०८१ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =