पद्माश्री पुरस्कारका लागि पहिलो चरणमा सूचीमा परे १५ ‘उत्कृष्ट कृति’

हिमाल प्रेस १५ असार २०८१ ११:०२
4
SHARES
पद्माश्री पुरस्कारका लागि पहिलो चरणमा सूचीमा परे १५ ‘उत्कृष्ट कृति’

काठमाडौँ- ‘पद्माश्री साहित्य पुरस्कार’का लागि उत्कृष्ट १५ साहित्यिक कृतिहरू पहिलो चरणको सूचीमा परेका छन्।

२०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तकमध्येबाट पहिलो चरणमा १५ उत्कृष्ट पुस्तक सूचीमा परेका हुन्।

यी १५ कृति पुरस्कार चयन समितिले सूची प्रतिष्ठानलाई बुझाएको हो।

प्रतिष्ठानले अर्को महिना पाँच पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने जनाएको छ। जसमध्येबाट एक कृतिले पद्माश्री पुरस्कार पाउने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।

पद्मश्री उत्कृष्ट विस्तारित सूचीका कृतिहरू अकारादि क्रममा यसप्रकार छन्

१.अडिएका पाइला- उपन्यास, विष्णु सापकोटा

२.अद्वैत- उपन्यास, कृष्ण गौतम

३. अर्को देशमा-कथा संग्रह, सानु शर्मा

४.गल्ली संसार- निबन्ध संग्रह, रोशन शेरचन

५.गोधूलि गीत- उपन्यास, भानु बोखिम

६.गोपीचा-उपन्यास, विश्व कुइकेल

७.जोगियाना-संस्मरण, कुमार नगरकोटी

८.बहादुर शाह-उपन्यास, चिरन्जीवी वाग्ले

९.बागी स्त्रीको आत्मकथा-कविता संग्रह, सुमिना

१०.बादलडाँडा-नियात्रा, राजेन्द्रमान डंगोल

११.बोरा- उपन्यास, अखण्ड भण्डारी

१२. भृकुटी-उपन्यास, गोविन्दप्रसाद कुसुम

१३.लन्डन अनप्लग्ड-संस्मरण, गोपी सापकोटा

१४.संस्कृति चिन्तन- निबन्ध संग्रह, अरुण गुप्तो

१५.साखेजुङको उकालो-जीवानाख्यान, भुवनहरि सिग्देल

 

प्रकाशित: १५ असार २०८१ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =