गलकोट पहिरो अपडेट : पुरिँएका दम्पतीको मृत्यु, थप दुईजना घाइते

हिमाल प्रेस १५ असार २०८१ ८:५५
2
SHARE
गलकोट पहिरो अपडेट : पुरिँएका दम्पतीको मृत्यु, थप दुईजना घाइते सांकेतिक तस्बिर।

बागलुङ- बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा दुईजना घाइते भएका छन्।

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ। गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।

प्रकाशित: १५ असार २०८१ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =