कहाँबाट आयो असार १५ मा दहीचिउरा खाने चलन?

हिमाल प्रेस १५ असार २०८१ ७:०८
12
SHARES
कहाँबाट आयो असार १५ मा दहीचिउरा खाने चलन?

काठमाडौँ- नेपाली समाजमा असार १५ भन्नेबित्तिकै दहीचिउरा खाने दिन भनेर बुझिन्छ।

अचेल धान दिवस तथा रोपाइँ महोत्सव पनि भनिन्छ। किन यही दिनलाई दही चिउरा खाने दिन भनिएको होला?, कहाँबाट यसको प्रचलन आयो?, असार १५ को महत्त्व के छ? प्रश्न धेरै छन्। चित्तबुझ्दो उत्तर खोज्ने प्रयास यस लेखमा हुनेछ।

लोकोक्तिअनुसार नेपाल एकीकरणका बखत पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथले दही खुवाएर ‘पराक्रमी हुनु’ भन्ने आशीर्वाद दिएका थिए।

त्यही आशीर्वाद पाएपछि नेपाल एकीकरणका क्रममा शाहले जताततै विजय पाउन थाले। त्यसपछि गोरखकालीको पूजा गर्न थाले भन्ने कथा छ। असार १५ मै नै गोरखकालीको पूजा पनि गरिन्छ। त्यसैले सोही समयदेखि असार १५ गते दही चिउरा खाने चलन बसेको पनि हुन सक्छ।

विभिन्न संस्कृतिकर्मीका अनुसार परापूर्वकालमा असार १५ सम्ममा प्रायः किसानको रोपाइँ सकिन्थ्यो। त्यसपछि उनीहरूले दही चिउरा खाएर भोज गर्थे। रोपाइँ सकिएको खुसीयालीमा यसलाई पर्वकै रूपमा मनाइन्थ्यो। यकिन समय थाहा नभए पनि त्यसै समयदेखि यो चलन चलेको पनि भन्न सकिन्छ।

असार १५ पछि बल्ल पानी पर्छ, रोपाइँ कसरी सकिन्थ्यो? भन्ने प्रश्न आउँछ। समयक्रम बढ्दै जाँदा भएका (मौसमी) जलवायु परिवर्तनले वर्षात्को समय पनि परिवर्तन भयो। सँगसँगै धानबालीका जातमा पनि परिवर्तन आए।

पानी पर्ने र धान रोप्ने समय पनि पछि धकेलिँदै गयो। अचेल त असार १५ मा रोपाइँ सकिने होइन, बल्ल सुरु हुन्छ। तैपनि प्राचीनकालदेखि चलिआएको ‘असार १५ पर्व’ यथावत् छ।

आयुर्वेद विज्ञ तथा विश्लेषकहरूले असार १५ मा दही—चिउरा नै खाने प्रचलनमा विभिन्न वैज्ञानिक आधारहरू दिएका छन्। हाम्रो समाज परापूर्वकालदेखि नै कृषिमा निर्भर छ। कृषिप्रधान देशका बासिन्दा भएकाले पनि यहाँका अधिकांशको पेसा खेतीपाती नै हो। हाम्रो भूगोलअनुसार असार खेतीबाली लगाउने ‘मध्य सिजन’ हो।

धानबाली लगाउने अनुकूल समय। असार महिनालाई ‘मानो खाएर मुरी उब्जाउने’ महिनाका रूपमा लिइन्छ।
अन्नपूर्णबाट

प्रकाशित: १५ असार २०८१ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast