भारतीय विदेश सचिवमा काश्मिरी हिन्दू

हिमाल प्रेस १४ असार २०८१ २१:०६
206
SHARES
भारतीय विदेश सचिवमा काश्मिरी हिन्दू

काठमाडौं- भारतीय तीन प्रधानमन्त्रीका निजी सचिव र छिमेकी चीनसहित तीन मुलुकमा राजदूत भइसकेका विक्रम मिश्री विदेश सचिवको रूपमा नियुक्त भएका छन्। निर्वाचनपछि तेस्रो पटक प्रधानमन्त्री भएका नरेन्द्र मोदीले भारतीय विदेश मन्त्रालयको सिफारिस स्वीकार गरेमा उनी आगामी दुई सातापछि विदेश सचिवको रूपमा काम गर्नेछन्।

काश्मिरको हिन्दू परिवारमा जन्मेका मिश्रीले ग्वालिअरमा आएर अध्ययन गरेका थिए। उनी दिल्ली विश्व विद्यालयअन्तर्गतको कलेजमा विज्ञानमा स्नातक गरेका उनले पछि झारखण्डमा गएर जुइस मिसनको जेभियर लेभर रिलेसन इन्स्टिच्यूटबाट व्यवस्थापन (एमबीए) मा स्नातकोत्तर गरेका थिए। त्यसपछि केही समय विज्ञापनमा काम गरेका उनी सन् १९८९ मा भारतीय विदेश मन्त्रालय रोजे र त्यहाँ नाम पनि निकाले। उनी १९९१ देखि १९९६ सम्म ब्रसेल्स र ट्युनिसस्थित भारतीय नियोगमा रहेर काम गरे।

सन् १९९७ मा प्रधानमन्त्री इन्दरकुमार गुजरालको सचिवालयमा निजी सचिवका रूपमा उनले काम गरे। पछि उनले प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयमा विभिन्न तहमा काम गरे। विदेशस्थित नियोगमा पनि काम गरे। सन् २०१२ मा पुनः उनी प्रधानमन्त्रीको सचिवालयमा पुगे। त्यतिबेला डा. मनमोहन सिंह प्रधानमन्त्री थिए। उनले निजी सचिवको रूपमा काम गरे। सिंहलाई मोदीले सन् २०१४ मा विस्थापित गरे।

त्यसपछि पनि मिश्रीले मोदीको निजी सचिवको रूपमा नै काम गरिरहे। मोदीसँग काम गर्दागर्दै केही महिनामै उनी स्पेनका लाग राजदूत भए। त्यसपछि उनी २०१६ सम्म स्पेन रहे। अनि उनलाई त्यहाँबाट राजदूतको रूपमा म्यानमार ल्याइयो। उनी म्यानमारमा तीन वर्ष पुग्दै थियो। उनी त्यहाँबाट झन् जिम्मेवारी पूर्ण राजदूतको रूपमा चीनमा नियुक्त भए।

उनी चीनमा राजदूत रहेको समयमा नै भारत र चीनको सीमामा धकेलाधकेल भएको थियो। सीमा सम्बन्धी  समस्याहरू देखिएका थिए। त्यही रहँदा नै कोभिडको पनि सामना गर्नु परेको अवस्था थियो। उनी त्यहाँबाट फर्केपछि भारतको राष्ट्रिय सुरक्षा परिषदमा उपसल्लाहारको रूपमा छन्। उनीमाथि अजित डोभल सुरक्षा परिषदमा सल्लाहकार र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको रूपमा छन्।

नेपालमा राजदूत रहेर विदेश सचिव नियुक्त भएपछि फर्किएका विनयमोहन क्वात्रालाई मिश्रीले दुई सातापछि बदल्नेछन्। क्वात्रा र मिश्री दुवै फ्रेन्च भाषाका जानकार हुन्।

मिश्र हिन्दी, अंग्रेजी र काश्मिरी भाषा बाहेक जानेको भाषा भनेको फ्रेन्च हो। भारतीय विदेश सेवामा प्रवेश गरेपछि एक वर्ष अनिवार्य अध्ययन गर्नुपर्छ र त्यो अध्ययनको क्रममा राष्ट्रसंघमा उपयोग हुने एक भाषा जान्नपर्ने हुन्छ।

भारतमा प्रायः विदेश सचिव हुँदा चीन, रुस वा अमेरिका जस्तो मुलुकमा राजदूत भएर काम गरिसकेका व्यक्ति मात्र सिफारिस हुन्छ। अनि न करिअर भन्न पनि उनीहरूलाई लाज लाग्दैन। हाम्रोमा अझै त्यो अनुरूपको कूटनीतिक प्रणाली बस्न सकेको छैन। तर पनि नेपालमा आफूलाई करिअर राजदूत भनिरहेका हुन्छन्। जसले करिअरभर बिना रिस्कको काम गरेका हुन्छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मिश्रीले जुलाई १५ देखि कार्यभार सम्हाल्ने छन्।

प्रकाशित: १४ असार २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =