सहरमा आज

हलमा ‘कल्की’को उच्च सोसहित दुई नाटक र दुई पुस्तक विमोचन

हिमाल प्रेस १५ असार २०८१ ६:३२
22
SHARES
हलमा ‘कल्की’को उच्च सोसहित दुई नाटक र दुई पुस्तक विमोचन

काठमाडौँ- असारको तेस्रो शनिबार अर्थात् आज राष्ट्रिय धान दिवस। हिलो खेल्दै, धान रोप्दै दिन बिताउने तपाईको योजना त छदैँछ। त्यसबाहेक मनोरञ्जनतर्फ आकर्षित हुने दर्शकका लागि सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका केही महत्वपूर्ण गतिविधिसहितकाे विवरण संकलन गरेका छौँ।

यो साता उपत्यकाका नाटकघरमा दुई नाटक मञ्चन भइरहेको छ। ‘सुईना’ र ‘प्ले द सिस्टम’। त्यस्तै विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भइरहेको छ।

दुई नाटक : शिल्पीमा ‘सुईना’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असार १२ देखि नाटक ‘सुईना’ मञ्चन भइरहेको छ। एक्रो थिएटरको प्रस्तुति रहेको नाटक असार १७ गतेसम्म मञ्चन हुनेछ। नाटकको सहजकर्तामा पवित्रा खड्का छिन्। नाटक जीवनमा हुने अविष्मरणीय क्षण, कुनै कथा, विगत, सपना र भविष्यका सपनासँग सम्बन्धित छ।

साताको प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन भइरहेको नाटक शनिबार दिउँसो एक बजेको अतिरिक्त सो पनि हुनेछ।नाटकमा कलाकार विजया ढुङ्गेल, पारस नेपाली, प्रेम चन्द पाण्डे, सम्पदा राई, ललित बडु, जय प्रकाश ताजपुरिया र रमेश श्रेष्ठको अभिनय छ।

कौसीमा ‘प्ले द सिस्टम’

टेकुस्थित कौसी थिएटर (कथा घेरा)मा असार ६ देखि नाटक ‘प्ले द सिस्टम’ मञ्चन भइरहेको छ। नाटक थेरेसा रेबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’ को नेपाली रुपान्तरण हो। नाटकको निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्।

प्रियंकरले नेपालीमा अनुवाद गरेको नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोसनी स्याङ्बो, सुरज मल्लको अभिनय छ। नाटक असार ३१ सम्म मञ्चन हुने नाटक आज भने दिउँसो १ बजे र साँझ साढे पाँच बजेको दुई सो हुुनेछ।

 पुस्तक विमोचन :  कवितासंग्रह ‘रातो नदी’

जुनू राणाको पहिलो कवितासंग्रह ‘रातो नदी’ आज विमोचन हुँदैछ। कार्यक्रम नयाँ बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा दिउँसो साढे एक बजे सुरु हुनेछ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँला प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन्। कार्यक्रम नयाँ अनलाइन डटकमले आयोजना गरेको हो।

प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’

प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ (ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म) आज लोकार्पन हुँदैछ। पुस्तक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा कार्यक्रम हुँदैछ।

दिउँसो साढे दुई बजे सुरु हुने कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन्। भने कार्यक्रममा वक्ताहरु नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’, पूर्व विज्ञानमन्त्री गणेश शाह, पूर्व राजदूत तथा मुख्य सचिव लिलामणि पौडेल, प्रा.डा सुधा त्रिपाठी र प्रा.डा दिनेश भुजु रहनेछन्। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

भारतीय फिल्म ‘कल्की’

भारतीय फिल्म ‘कल्की २८९८ एडी’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। नाग अश्विनले निर्देशन गरेको फिल्ममा अभिनेता प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको ५८ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, सिटीम्याक्स सिनेमाज, कीर्तिपुर सिनेमाजमा कल्की प्रदर्शन भइरहेको छ।

अंग्रेजी फिल्म  ‘अ क्वीट प्लेसः डे वान’

अंग्रेजी फिल्म ‘अ क्वीट प्लेसः डे वान’ असार १४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर र ड्रामा जनरामा बनेको फिल्म माइकल सरनोस्कीले निर्देशन गरेका हुन्। फिलममा जोसेफ क्वीन, जिमोन होन्सौ, एलेक्स वोल्फलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको दश सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्समा ‘अ क्वीट प्लेसः डे वान’ प्रदर्शन भइरहेको छ।

गाउँ आएको बाटो

नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ देखि हलमा प्रदर्शन भइरहेको छ। राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाउन खोजिएको छ।

फिल्ममा कलाकार दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। निर्देशक नवीन सुब्बा र महेश राईले फिल्मको पटकथा लेखेका छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, छाया सेन्टरमा फिल्मको चार सो छ। त्यस्तै एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘गाउँ आएको बाटो’ प्रदर्शनरत छ।

बाटोः रोड टु डेथ

रोड थ्रिलर जनरामा बनेको फिल्म ‘बाटोः रोड टु डेथ’ जेठ ३२ देखि प्रदर्शन भइरहेको छ। फिल्ममा छोराछोरीप्रति बाआमाको माया र मानिसलाई नियन्त्रण गर्ने शक्ति पाउन उसकै मुटु खाने एक गिरोहको कथा प्रस्तुत गरिएको छ।

मदन थापाको लेखन, सम्पादन र निर्देशनमा बनेको फिल्ममा कलाकार मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई, उप्पल झा, रक्षा थापा, सुलक्षण भारती, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाहीको अभिनय छ।

शनिबार उपत्यकाको रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

दान्भी

फिल्म ‘दान्भी’ असार ७ देखि हलमा प्रदर्शन भइरहेको छ। रूपेश तामाङको निर्देशन रहेको फिल्म प्रेमकथामा आधारित छ। फिल्ममा पूजा शर्मा, कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको अभिनय छ। अभिनेत्री पूजाले फिल्ममा पहिलोपटक एक्सन भूमिका निभाएकी छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मलमा फिल्मको एक सो छ।

फर्की फर्की

जेठ १ देखि हलमा प्रदर्शन भइरहेको फिल्म ‘फर्की फर्की’ को शनिबार रञ्जना सिनेप्लेक्समा एक सो छ। लभस्टोरी जनरामा बनेको फिल्ममा कलाकार अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिकामा छन्। रोहित अधिकारीले निर्माण गरेको बनेको फिल्मका लेखक तथा निर्देशक सुयोग गुरुङ हुन्।

पुजार सार्की

जेठ १ देखि नै प्रदर्शन भएको फिल्म ‘पुजार सार्की’ जातीय विभेदको विषयमा आधारित छ। शनिबार रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

फिल्ममा आर्यन सिग्देल, पदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू मुख्य भूमिकामा छन्। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्।

अंग्रेजी फिल्म ‘द एक्सोर्सिज्म’
अंग्रेजी फिल्म ‘द एक्सोर्सिज्म’ असार सातदेखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक जासुवा जोन मिलर हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टरमा फिल्मको एक सो छ।

प्रकाशित: १५ असार २०८१ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =