कर्णालीको मौलिक लोक संस्कृतिको उत्खनन् गर्न ‘प्रथम कर्णाली सम्मेलन’

हिमाल प्रेस १४ असार २०८१ १५:३३
20
SHARES
कर्णालीको मौलिक लोक संस्कृतिको उत्खनन् गर्न ‘प्रथम कर्णाली सम्मेलन’

सुर्खेत- कर्णालीमा ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ। ‘मौलिक लोक, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन’ गर्ने उद्देश्यसहित वीरेन्द्रनगरमा उक्त सम्मेलन सुरु भएको हो।

सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन हुनेछ। उक्त सम्मेलन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा गरिएको हो।

सम्मेलको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुव गौतमले गरेका छन्। पहिलोपटक हुन लागेको उक्त कार्यक्रममा कर्णालीको लोक, साहित्य र संस्कृतिको बारेमा बृहत रुपमा बहस गरिने छ। त्यसका लागि कर्णालीभित्रका कलाकार, संस्कृतविद् तथा लेखकहरूको सहभागीता रहेको छ।

कार्यक्रममा लोप हुन लागेका कर्णालीको संस्कृति र मौलिक नाच हुड्के, मागल, मारुनीदेखि विभिन्न मौलिक कला र संस्कृतिको जगेनार्थ उक्त कार्यक्रम गरिएको प्रतिष्ठानकी प्रदेश अध्यक्ष हरिमाया कार्कीले बताइन्।

कार्यक्रममा विभिन्न कर्णालीको सभ्यता र संस्कृतिका विभिन्न विधामा रहेर बहस हुने छ। ‘प्राकृति नेपाली भाष र कर्णाली सभ्यता’ शीर्षकमा डा. जीवेन्द्र देव गिरी, डा. महेन्द्र कुमार मल्ल, पण्डित तिलक रिजाल, खडानन्द चौलागाईँले बहस गर्नेछन् भने हेमन्त भुषालको नृत्य रहने छ।

वरिष्ठ कलालकार गंगा केसी, कुलमान नेपाली, भीमबहादुर कार्कीको कथा वाचन रहेको छ भने ‘कर्णालीको संस्कृति कति छ र कति छैन’ शीर्षकमा लेखक ओम रिजाल, मोतिराज बम र बसन्ती शाहीले बहस गर्नेछन्।

मोहन परियारले हुड्के नाच प्रस्तुत गर्नेछन् भने ‘कर्णालीको संस्कृति नेपालमा र नेपालको संस्कृति विश्वमा’ शीर्षकमा जोगेन्द्र केसी, रिता थापा मगर, वरिष्ठ कलाकार प्रेमदेव गिरी र कृष्णराज धमलाले बहस गर्नेछन्। साथै अन्य विभिन्न सांस्कृतिक नाच तथा कर्णालीको सभ्यताको उत्खनन्का विषयमा छलफल तथा बहस हुने बताइएको छ।

प्रकाशित: १४ असार २०८१ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =