पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन: सञ्चालनमा

हिमाल प्रेस १४ असार २०८१ १३:१८
16
SHARES
पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन: सञ्चालनमा प्रतिनिधिमूलक तस्बिर।

मान्म (कालीकोट)–  पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गए राति परेको वर्षाले पहिरो जाँदा कालीकोटको सिमानामा पर्ने शुभकालिका–१ दहीखोला र कालेखोला बीचको गगने खोलामा पहिरो गएको थियो।

कालीकोट खण्ड अवरुद्ध हुँदा यो राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि आवतजावत बन्द भएको थियो। अहिले राजमार्ग खुलेपछि यातायातका साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

पहिरो हटाएपछि अहिले राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन केसीले बताए। ‘कर्णाली राजमार्गको सबैतिरको पहिरो हटाएर सडक सञ्चालन आएको छ’ उनले भने। कर्णाली राजमार्गमा हिउँदमा धुलाम्मे र वर्षायाममा पहिरोले सताउँदै आएको छ।

प्रकाशित: १४ असार २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =