‘माइली’मा देखिँदै अभिनेत्री प्रियंका

हिमाल प्रेस १४ असार २०८१ १२:५७
10
SHARES
‘माइली’मा देखिँदै अभिनेत्री प्रियंका

काठमाडौँ- अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिकामा फिल्म ‘माइली’ बन्ने भएको छ। बाबु साहेब बलामीले निर्देशन गर्न लागेको फिल्ममा निर्माण टिमले प्रियंकालाई अनुबन्धित गरेका छन्। साथै उनको लुक्ससमेत सार्वजनिक गरिएकाे छ।

उक्त पोस्टरमा अभिनेत्री प्रियंकाले नाकमा बुलाकीसहित चोली लाएकी, फरियामाथि पटुकी कसेकी र गलामा पछ्यौरी ओडेकी छन्। उनी ग्रामीण भेगकी महिलाको चरित्रमा देखिएकी छन्।

महिलाको कथावस्तुमा आधारित रहने फिल्म सत्य घटनामा आधारित हुने निर्माण पक्षले जनाएको छ। फिल्मको पटकथा तथा संवाद गीतकार शंकर अधिकारी ‘घायल’ ले लेखेका हुन्।

निर्माण पक्षका अनुसार फिल्म यही असार अन्तिम साताबाट छायांकन सुरु गरिनेछ। फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुवईमा छायांकन गर्ने तयारी छ।

फिल्ममा गीतकार शंकर अधिकारी ‘घायल’ को शब्द, राजेन्द्र बजगाईंको संगीत रहनेछ। फिल्म रूना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =