काठमाडौँ- सहकारी छानबिन विशेष समितिको बैठक आइतबार ११ बजे बोलाइएको छ। आइतबारको बैठकमा डा. युवराज खतिवडा, राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग सल्लाह सुझाव लिने समितिको तयारी छ।
यसअघि समितिले विभाग सहकारी बोर्ड सहकारी मन्त्री सहकारी विभाग लगायतका निकायसँग छलफल गरिसकेको छ। यस्तै कानुन मन्त्रालयका सचिवहरूसँग पनि समितिले छलफल गरिसकेको छ ।
यसअघि बुधबारको बैठकबाट समितिले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताए। बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको थियो।
प्रकाशित: १४ असार २०८१ ९:२९
प्रतिक्रिया