राप्रपा ‘रणनीतिक रूपमा संगठन विस्तार’मा लाग्ने

हिमाल प्रेस १४ असार २०८१ ७:५९
12
SHARES
राप्रपा ‘रणनीतिक रूपमा संगठन विस्तार’मा लाग्ने प्रवक्ता सगुन सुन्दर लावतीलाई संगठन विभागको सदस्य सचिव जिम्मेवारी दिँदै महामन्त्री धवलशमशेर जबरा।

काठमाडौँ- स्थानीय तहको सार्थक सहभागितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संगठन विभागले काठमाडौँ उपत्यकाभित्र रणनीतिक रूपमा संगठन विस्तार गर्ने कार्यक्रम गर्ने भएको छ।

काठमाडौँ उत्पयकाभित्रका सबै स्थानीय तहसम्म रणनीतिक पहुँच कायम राख्दै संगठन विस्तार कार्यक्रम अघि बढाउने राप्रपाको संगठन विभागले बिहीबार निर्णय गरेको हो ।

राप्रपा महामन्त्री एवं संगठन विभाग प्रमुख डा. धवल शमशेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न संगठन विभागको बैठकले संगठनकेन्द्रित अभियान असार १९ गते आरम्भ गर्ने निर्णय लिएको छ।

प्रवक्ता एवं संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीका अनुसार राप्रपाका बागमती प्रदेश संयोजक, बागमती प्रदेश समिति अध्यक्ष, उपत्यकाभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रतिधिनिसभा तथा प्रदेश सभाका माननीयहरु, काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाका अध्यक्ष तथा सचिवहरु, क्षेत्रीय अध्यक्ष तथा प्रदेश सभा अध्यक्षहरु, महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका अध्यक्ष तथा सविचहरुको सहभागिता रहनेछ।

उक्त रणनीतिक भेलापश्चात वडा तहसम्मको सक्रिय सहभागिता कायम राखी उपत्यकाभित्रका सबै महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुमा प्रभावकारी रुपमा कार्यक्रमहरु सम्पन्न गरिनेछ। यस क्रममा पार्टी संगठनका बृहत्त आयाम र लक्ष्यहरु केन्द्रमा राखिनेछ।

प्रकाशित: १४ असार २०८१ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =