टी-२० विश्वकप : ब्याटिङमा चुक्यो इंग्ल्यान्ड, उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्नेछ भारत

हिमाल प्रेस १४ असार २०८१ ७:१२
6
SHARES
टी-२० विश्वकप : ब्याटिङमा चुक्यो इंग्ल्यान्ड, उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्नेछ भारत

काठमाडौँ- साबिक विजेता इंग्ल्यान्ड टी-२० विश्वकपमा लगातार दुई पटक विजेता बन्ने दौडबाट बाहिरिएको छ। भारत अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई स्तब्ध पार्दै भारत फाइनलमा पुगेको हो।

दोस्रो सेमिफाइनलमा भारतसँग इंग्ल्यान्ड ६८ रनले पराजित भयो।

प्रोभिडेन्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले जम्मा १७२ रनको लक्ष्य दिएको थियो। तर मध्यम लक्ष्य पुर्‍याउन पनि इंग्ल्यान्ड चुक्यो। इंग्ल्यान्डले १६ दशमलव ४ ओभरमा अलआउट हुँदा जम्मा १०३ रन बनाउन सक्यो।

इंग्ल्यान्डका लागि कुनै पनि ब्याटरले उत्कृष्ट प्रर्दशन गर्न सकेनन्। इंग्ल्यान्डका जस बटलर २३, ह्यारी ब्रुक २५, जोफ्रा आर्चर २१ रन जोड्न सफल भए।

ओपनर फिल साल्ट ८ बल खेलेर आउट हुँदा मोइन अली १० बलमा ८ रन मात्र जोड्न सफल भए। जोनी बेर्स्टो ३ बल खेलेर शून्य रनमा आउट भए भने साम करानले २ रन, लियाम लिभिंगस्टोन ११, क्रिस जोर्डन १, अदिल रशिद २ र रिस टपले ३ रनमा नटआउट रहे। भारतीय बलरबाट इंग्ल्यान्डले २ रन उपहार पाएको थियो।

इंग्ल्यान्डको इनिङ ध्वस्त पार्न भारतीय बलर सफल भए। भारतका अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट हात पार्दा जसप्रित बुमराहले २ विकेट लिए। अर्शदीप सिंह, रविन्द्र जडेजा र हार्दिक पाण्ड्याले विकेट लिन सकेनन्।

इंग्ल्यान्डका जस बटलर २३, ह्यारी ब्रुक २५, जोफ्रा आर्चर २१ रन जोड्न सफल भए पनि अन्य ब्याट्सम्यान भारतीय बलरसामु टिक्न सकेनन्।

ओपनर फिल साल्ट ८ बल खेलेर आउट हुँदा मोइन अली १० बलमा ८ रन मात्र जोड्न सफल भए। जोनी बेर्स्टो ३ बल खेलेर शून्य रनमा आउट भए भने साम करानले २ रन, लियाम लिभिंगस्टोन ११, क्रिस जोर्डन १, अदिल रशिद २ र रिस टपले ३ रनमा नटआउट रहे। भारतीय बलरबाट इंग्ल्यान्डले २ रन उपहार पाएको थियो।

यसअघि वर्षातले पटक पटक अवरोध गरेको खेलमा भारतले २० ओभर खेलेर ७ विकेट नोक्सानीमा १७१ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन बनाए। विराट कोहली ९ बलमा ९ रनमै आउट भएको खेलमा ऋषभ पन्त पनि ६ बल खेलेर ४ रनमै पेभेलियन फर्किए। सूर्यकुमार यादवले ३६ बलमा ४७ रन, हार्दिक पाण्ड्या १३ मा २३ रन जोड्दा भारतले उच्च स्कोरको लय समातेको थियो।

खेलमा शिवम् दुवे डकआउट भए भने अक्षर पटेलले १० रन थपे। नटआउट रहेका रविन्द्र जडेजाले १७ र अर्शदीप सिंहले १ रन जोडे। इंग्ल्यान्डले ३ अतिरिक्त रन उपहार दिएको थियो।

बलिङतर्फ भने क्रिस जोर्डनले भारतको ३ विकेट झार्दा रिस टपले, जोफ्रा आर्चर, साम करान र अदिल रशिदले समान १ विकेट लिए। लियाम लिभिंगस्टोन विकेटविहीन रहे।

इंग्ल्यान्डविरुद्धको जितपछि भारत फाइनलमा पुगेको छ। यसअघि नै अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको दक्षिण अफ्रिकासँग भारतले उपाधिका लागि खेल्नेछ। फाइनल खेल शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुनेछ।

प्रकाशित: १४ असार २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =