काठमाडौँमा रातिबाटै निरन्तर वर्षा, अरूतिर कस्तो छ?

हिमाल प्रेस १४ असार २०८१ ६:३४
16
SHARES
काठमाडौँमा रातिबाटै निरन्तर वर्षा, अरूतिर कस्तो छ? फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- काठमाडौँमा गएरातिबाटै निरन्तर वर्षा भइरहेको छ। मनसुनका कारण उपत्यकामा अधिकांश स्थामा वर्षा भइरहेको छ। काठमाडौँबाहिर पनि निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।

शाखाका अनुसार मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेरको छ।

प्रकाशित: १४ असार २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast