पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति

हिमाल प्रेस १३ असार २०८१ २२:१७
48
SHARES
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति राजेन्द्रप्रसाद लिङ्देन र योगेश भट्टराई

काठमाडौँ– संसद्को सार्वजनिक लेखा समितिले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समग्र अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

समितिको यसअघिको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेबमोजिम उपसमिति गठन गरिएको उनले बताए। ‘राज्यको यति ठूलो लगानी भएको गौरवका आयोजना किन अलपत्र भयो, सञ्चालनमा भएका कमजोरी पत्ता लगाउन सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले दुई उपसमिति गठन गरिएको छ’, सभापति पोखरेलले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको छ।

दुवै विमानस्थलको अध्ययनका लागि संघ र प्रदेशको लेखासमितिको सक्रियतामा साझा दस्तावेज तयार गरिने र त्यो संघीय लेखासमितिको नेतृत्वमा हुने जनाइएको छ। दुवै उपसमितिलाई एक महिनाको समय दिइएको छ।

समितिका सचिव एकराम गिरीका अनुसार दुई विमानस्थलको स्थलगत अनुगमन र अध्ययन गरी सुझाव दिने उद्देश्यले समिति गठन गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =