चीनमा डेढ लाखमा बिक्री भइन् नेपाली महिला, एक जना पक्राउ

हिमाल प्रेस १३ असार २०८१ २०:२०
40
SHARES
चीनमा डेढ लाखमा बिक्री भइन् नेपाली महिला, एक जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको हो।

ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले गत फागुनमा पीडित महिलालाई चिनियाँ नागरिकले बिहे गरेर भिजिट भिसामा चीन लगेर बन्धक बनाएको खुल्न आएको जानकारी दिए।

‘पक्राउ परेका राईले फेसबुक म्यासेन्जरबाट पीडित महिलालाई कुराकानी गरी चिनियाँसग भेट्न ठमेल बोलाएर बिहे गर्न लगाएको अनुसन्धानका क्रममा पत्ता लागेको छ,’ मिश्रले भने। पीडित महिलालाई १ लाख ५० हजारमा बिक्री गरेको खुलेको प्रहरीले बताएको छ।

चिनियाँले पीडित महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए। पीडित महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी नेपाल ल्याउने व्यवस्था मिलाएको थियो।

पीडित महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो। घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए।

प्रकाशित: १३ असार २०८१ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =