टीआरसीबारे छलफल गर्न तीन दलका नेता बालुवाटारमा

हिमाल प्रेस १३ असार २०८१ १७:४९
32
SHARES
टीआरसीबारे छलफल गर्न तीन दलका नेता बालुवाटारमा

काठमाडौँ- प्रमुख तीन दलका नेताहरू छलफलमा जुटेका छन्। सत्य निरुपण तथा मेलमिलाप ( टीआरसी) लगायतका विषयमा सहमति जुटाउन तीन दलका नेताहरू छलफलमा जुटेका हुन्।

बैठकमा तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौलाका, पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वाम अधिकारीलगायत सहभागी छन्।

त्यस्तै यी तीन दलका दोस्रो तहका नेताहरू कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरू पनि छलफलमा सहभागी छन्।

प्रकाशित: १३ असार २०८१ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =