एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ मा

हिमाल प्रेस १३ असार २०८१ ११:३०
10
SHARES
एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ मा

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ लाई तोकेको छ।

आज सार्वजनिक भएको नतिजाको ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीले परीक्षा लेख्न सक्छन्।

बोर्डले परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख २२ हजार ६९३जना विद्यार्थी अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको जानएको हो।

परीक्षामा सहभागी २ लाख ४२ हजार ९२ जनाले नतिजा ननग्रेड आएको छ। परीक्षाको नतिजा अनुसार १८६ जनाले ४.० जिपीए ल्याउन सफल भएका छन्। २२१ जना विद्यार्थीको परीक्षा रद्द भएको छ।

सार्वजनिक भएको एक घन्टा बित्दा पनि हेर्न मिलेन एसईईको नतिजा

एसईई नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी ‘पास’

प्रकाशित: १३ असार २०८१ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =