दक्षिण अफ्रिकासँग सेमिफाइनलको खेलमा अफगानिस्तान ५६ रनमा अलआउट

हिमाल प्रेस १३ असार २०८१ ७:३५
20
SHARES
दक्षिण अफ्रिकासँग सेमिफाइनलको खेलमा अफगानिस्तान ५६ रनमा अलआउट

काठमाडौँ- आईसीसी टी-२०२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानलाई दक्षिण अफ्रिकाले ११ दशमलव ५ ओभरमा अलआउट गर्‍यो। अलआउट हुनुअघि अगानिस्तानले जम्मा ५६ रन मात्र मात्र बनाउन सक्यो।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले बनाएको १० रन नै सर्वाधिक बन्यो। ओमरजाईले बनाएको रनभन्दा श्रीलंकाले अफगानिस्तानलाई अतिरिक्त रन दिएको थियो। गुलबदीन नैब ९, कप्तान रासिद खान र करिम जन्नतले ८-८ रन बनाए।

अफगानिस्तानले बोर्डमा ४ रन हुँदा नै पहिलो विकेट गुमाएको थियो। थप १० रन वा जम्मा १६ रनमा दोस्रो विकेट गुमायो। त्यसपछि लगातार विकेट गुमाएको अफगानिस्तानले कुनै पनि व्याट्सम्यानले साझेदारी गर्नै सकेनन्।

बायन लारा क्रिकेट मैदानमा दक्षिण अफ्रिकाका  तबरेज शाम्सीले १ दशमलव ५ ओभरमा ६ रन दिएर ३ विकेट लिएका थिए।

मार्को यानसनले १६ रन खर्चिएर ३ ओभरमा ३ विकेट लिए। आनरिच नोटजी र कागिगो राबाडाले २।२ विकेट लिए। अब केहीबेरमा दोस्रो इनिङ्स सुरु हुँदेछ।

प्रकाशित: १३ असार २०८१ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =