युरो २०२४ : ‘अन्तिम १६’ मा कसको प्रतिस्पर्धी को?

हिमाल प्रेस १३ असार २०८१ ७:०१
14
SHARES
युरो २०२४ : ‘अन्तिम १६’ मा कसको प्रतिस्पर्धी को?

काठमाडौँ-  युरो २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ।

समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोली छनोट भएका हुन्।

सहभागी २४ टोलीमध्ये ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन्। हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन्।

अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन्। यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्नेछन्।

त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। यी मध्य एक टोलीले इंग्ल्यान्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबिचको विजेतासँग खेल्नेछन्।

शनिबारदेखि राउन्ड अफ १६ चरण सुरु हुनेछ। क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।

प्रकाशित: १३ असार २०८१ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =