पाकिस्तानी दूतावासले गर्‍यो निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता

हिमाल प्रेस १२ असार २०८१ २०:२३
32
SHARES
पाकिस्तानी दूतावासले गर्‍यो निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता

काठमाडौँ- नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार ११औं वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा ७ औँ वार्षिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई काठमाडौँ विश्वविद्यालयमा उपकुलपति प्रा.डा. भोला थापाले पुरस्कार वितरण गरेका थिए।

निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो। साथै अन्य १२ प्रतियोगीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। निबन्ध लेखनको शीर्षक दक्षिण एसियाली मुलुकको आर्थिक तथा सामाजिक उत्थानमा क्षेत्रीय सम्बन्ध विस्तारको भूमिकासँग सम्बन्धित थियो।

यस्तै वकृत्वकला प्रतियोगिताको शीर्षक दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिकासँग सम्बन्धित थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई उपहार तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै अन्य १३ प्रतियोगीलाई पनि पुरस्कार दिइएको थियो।

कार्यक्रममा बोल्दै उपकुलपति थापाले शिक्षा क्षेत्रमा प्राविधिक र निरन्तर सहयोग गरेको भन्दै पाकिस्तानको प्रशंसा गरेका थिए। पाकिस्तानी राजदूत अबरार एच हास्मिनले प्रतियोगितामा सहभागी विद्यार्थीहरुको आलोचनात्मक सोचको प्रशंसा गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =