लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

हिमाल प्रेस १२ असार २०८१ ८:०५
10
SHARES
लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

काठमाडौँ- लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्।

क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मंगलबार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ७ वर्षीया नातिनी इच्छा गुरुङ र ५ वर्षीया नातिनी नम्रता गुरुङ रहेको बताए। बेपत्ताको शव स्थानीयबाट खोजी भई रहेको र घटना स्थलमा सुरक्षाकर्मीहरू आइ नपुगेको वडा सदस्य गुरुङले घटनास्थलबाट जानकारी दिए।

करिब तीन सय मिटर लामो पहिरोमा परी तीन घर बगाएको छ। स्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगेको हो। पहिरोमा परी लाखौँको क्षति पुगेको तर यकिन गर्न भने बाँकी रहेको घलेले जानकारी दिए।

प्रकाशित: १२ असार २०८१ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =