एमबाप्पे फर्किएको खेलमा पनि बराबरीमै अडियो फ्रान्स

हिमाल प्रेस १२ असार २०८१ ७:०२
6
SHARES
एमबाप्पे फर्किएको खेलमा पनि बराबरीमै अडियो फ्रान्स

काठमाडौँ-  पोल्यान्डसँगको बराबरी खेलले फ्रान्स युरो २०२४ को समूह विजेता  बन्नबाट चुकेको छ।

‘समूह डी’ अन्तर्गतका २ खेल बराबरी खेल्दा फ्रान्स युरो २०२४ को अन्तिम १६ मा पुगे पनि समूह विजेता बन्न चुकेको छ।

फ्रान्सले गए रातिको खेलमा पोल्यान्डसँग विजयी बनेको भए समूह विजेता बन्थ्यो। तर बराबरीका कारण अंक बाँड्दा समूहकै अर्को टिम अस्ट्रिया ६ अंक बटुल्दै अन्तिम १६ मा पुगेको छ। यसअघि नेदरल्यान्डसँग पनि फ्रान्सले बराबरी गरेको थियो।

अस्ट्रियाले ३ खेलबाट ६ अंक बटुल्दा फ्रान्सले समान खेलबाट ५ अंकमा चित्त बुझाएको छ। नेदरल्यान्डसँगको गए रातिको खेलमा अस्ट्रिया विजयी बनेको थियो। तर यो समूहका ४ मध्ये ३ टोली प्रि क्वार्टरफाइनल प्रवेश गरेका छन्।
मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दा पोल्यान्डसँग फ्रान्स बराबरीमा रोकिएको हो।

फ्रान्सेली स्टार केलियम एमबाप्पेले पहिलो गोल गरेपनि पोल्यान्डसँग १–१ को बराबरीमा रोकिदा समूह विजेता बन्ने अवसर गुमायो। दुवै गोल पेनाल्टीमा सम्भव भयो।

गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो। उसमान डेम्बेलेमाथिको फाउलपछि पाएको पेनाल्टीमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

पोल्यान्डले ७९औं मिनेटमा बराबरी गर्‍यो। रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टीमार्फत गोल गरेका थिए। उनको पेनाल्टी फ्रेन्च गोलरक्षक माइक माइगननले बचाएपनि उनको खुट्टा पेनाल्टी प्रहार हुनुअघि गोललाइन भन्दाअघि आएका कारण लेवान्डोस्कीले पुनः पेनाल्टी प्रहार गर्न अवसर पाएका थिए।

खेलको ५६ औँ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलमा फ्रान्सले सुरुवाती अग्रता बनाएको थियो। खेलको ७९ औँ मिनेटमा रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा नै गोल गर्दै फ्रान्ससँग अंक खोसे।

प्रकाशित: १२ असार २०८१ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =