प्रतिनिधिसभाको बैठक असार १३ गते बस्ने गरी स्थगित

हिमाल प्रेस ११ असार २०८१ २०:३३
14
SHARES
प्रतिनिधिसभाको बैठक असार १३ गते बस्ने गरी स्थगित

काठमाडौँ-  प्रतिनिधिसभाको बैठक आगामी असार १३ गते बिहीबार बिहान ११ गते बस्ने भएको छ। आजको दैनिक कार्य सूचीमा रहेको क्रमसङ्ख्या छ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ गते बस्ने गरी स्थगित भएको जानकारी गराए।

क्रमसङ्ख्या छ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

प्रकाशित: ११ असार २०८१ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =