 
                             
                                            अछाम- अछामको तुर्माखाँद गाउँपालिका-६ को कामेश्वरी माध्याविक विद्यालयका एक विद्यार्थीको करेन्ट लागेर ज्यान गएको छ। आज मंगरबार विद्यालय छुट्टी भएलगत्तै घर हिँडेका कक्षा ९ मा अध्ययनरत विमल विकको बाटोमा लत्रिएको विजुलीको तारबाट करेन्ट लाग्दा ज्यान गएको हो।
स्थानीय लक्ष्मण शाहका अनुसार करेन्ट लागेर विमलसँगै रहेका झंकर विक भने घाइते भएका छन्।
                            प्रकाशित: ११ असार  २०८१ १७:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 