वित्तीय हस्तान्तरणबारे स्थानीय तहलाई पत्र केन्द्रको पत्र

हिमाल प्रेस ११ असार २०८१ १३:४७
1.2k
SHARES
वित्तीय हस्तान्तरणबारे स्थानीय तहलाई पत्र केन्द्रको पत्र

काठमाडाैँ-  शिक्षा मन्त्रालयअन्तर्गतकाे शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) सानोठिमी, भक्तपुरले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहका लागि सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएको कार्यक्रमबारे  सबै स्थानीय तहलाई पत्र पठाएको छ।

केन्द्रकाअनुसार आ.व.२०८१/८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका क्रियाकलाप LMBIS बाट जानकारी भएकै छ। उक्त क्रियाकलापहरू कार्यान्वयन गर्दा अधिकांश कार्यक्रम IEMIS बाट प्राप्त अद्यावधिक विद्यालय/शैक्षिक संस्था संख्या एवं स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षक संख्याका आधारमा वितरण हुनेछ।

सो बाहेकका क्रियाकलाप केन्द्रले पत्रमा संलग्न गरेकाे छ। साथै समग्र कार्यक्रम कार्यान्वयनका लागि कार्यक्रम कार्यान्वयन पुस्तिका २०८१/८२ मा विस्तृत प्रक्रियासहित उल्लेख हुने पनि जानकारी गराइएकाे छ।

हेर्नुहाेस् पूरा विवरण

प्रकाशित: ११ असार २०८१ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =