‘नेपालमा प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

हिमाल प्रेस ११ असार २०८१ १२:४४
18
SHARES
‘नेपालमा प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनाको विषयमा सरकार गम्भीर रहेको बताएका छन्।

परराष्ट्रमन्त्रीको तर्फबाट आज सांसदहरूले राखेको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्रीले रुसी सेनाबाट नेपाली युवालाई फर्काउन पहल भइरहेको स्पष्ट पारे। सांसद ज्ञानेन्द्र शाहीले रुसी सेनाको बारेमा नबोल्ने सरकारमा ‘को प्रधानमन्त्री छ?’ भनेर प्रश्न गरेका थिए।

जबाफमा प्रधानमन्त्रीले ‘नेपालमा प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री रहेको’ बताएका थिए।

उनले प्रचण्ड प्रधानमन्त्री भएकै कारण धेरै पहल भएको जबाफ दिए। ‘तपाईले यस्तो प्रश्न उठाउनुभयो। तपाई प्रधानमन्त्री हुँदा के गर्नुहुन्छ। मलाई हेर्न मन छ।’

प्रधानमन्त्रीले रोस्टमबाट भने,‘अहिले प्रचण्ड प्रधानमन्त्री भएकै कारण पहल भइरहेको छ।’ उनले राजदूत नियुक्तिमा सधै भागबन्डा सधै हुने गरेको बताए।

कांग्रेसका सांसदले उठाएको यो प्रश्नमा प्रधानमन्त्रीले सधै भागबन्डामै यस्ता नियुक्ति हुने गरेको प्रष्ट पारे।

‘आफू सरकारमा हुँदा चुइक्क नबोल्ने। अर्को सरकारमा जाँदा बोल्ने भाष्य खडा भएको छ।’ उनले साउदीमा ज्यान गुमाएका व्यक्तिको शव ल्याउन पहल भइरहेको जानकारी दिए।

उनले शव ल्याउन केही ढिला भएको स्वीकार गरे।

प्रकाशित: ११ असार २०८१ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =