एमाले गुल्मीको अध्यक्षमा बालसिंह

हिमाल प्रेस ११ असार २०८१ १२:१४
4
SHARES
एमाले गुल्मीको अध्यक्षमा बालसिंह

काठमाडौँ- नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्।

अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले तीन सय ८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरेका हुन्।

यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन्।

गत मंगलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो। अधिवेशनमा छ सय १३ सहभागी भएकामा पाँच ९५ जना मतदानमा भाग लिएका थिए।

अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

प्रकाशित: ११ असार २०८१ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =