शिक्षा विधेयकमा मन्त्रालयले गर्नुपर्ने काम गरिसकेको छ : शिक्षामन्त्री श्रेष्ठ

हिमाल प्रेस ११ असार २०८१ १३:०५
3.0k
SHARES
शिक्षा विधेयकमा मन्त्रालयले गर्नुपर्ने काम गरिसकेको छ : शिक्षामन्त्री श्रेष्ठ प्रतिनिधिसभामा आइतबार सांसदले उठाएका प्रश्नको जबाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ। तस्बिर : रासस

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेकाे बताएकी छन्।

उनले विधेयकमा मन्त्रीका रूपमा आफूले गर्ने सबै काम गरिसकेकाे र हाल समितिमा रहेकाे बताइन्। समितिबाट विधेयक अगाडि बढाउने नबढाउने त्याे  शिक्षा मन्त्रालयकाे जिम्मेवारीभित्र नरहेकाे पनि बताइन्।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमाथि प्रतिनिधिसभाको आइतबार (असार ९ गते) बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै विधेयकको विषयमा मन्त्रीले काम नगरेको भन्ने भाष्य गलत भएको बताउँदै आफूले यसलाई अघि बढाउन लिखित तथा मौखिक अनुरोध गरेको जिकिर गरिन्।

‘शिक्षा विधेयक मन्त्रालयमा अड्केको छैन, मेरो हातमा छैन। सदनमा पेस भइसकेको छ, समितिमा सांसदहरूसँग छु,’ मन्त्री श्रेष्ठले भनिन्, ‘शिक्षा विधेयक समितिमा छलफल अघि नबढेको भनी मैले समिति सभापतिज्यूलाई मौखिक र लिखित रूपमा समेत विधेयकअगाडि बढाइदिन आग्रह गरिसकेकी छु, मन्त्रीको काम के, सदनको काम के भन्नेमा भ्रम फैलाउन बन्द गरौँ, सबैले आआफ्नो काम गरौँ।’

अन्योलमा शिक्षा विधेयक : शिक्षक महासंघ भन्छ, जस्तोसुकै आन्दोलन गर्न तयार छौँ

ईसीडी र विद्यालय कर्मचारीको मनोबल गिराउँदै शिक्षामन्त्री श्रेष्ठ

 

प्रकाशित: ११ असार २०८१ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =