अपराजित भारत समूह विजेता बन्दै विश्वकपको सेमिफाइनलमा

हिमाल प्रेस ११ असार २०८१ ६:५४
10
SHARES
अपराजित भारत समूह विजेता बन्दै विश्वकपको सेमिफाइनलमा

काठमाडौँ- अस्ट्रेलियामाथि २१ रनको जित निकाल्दै भारत टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा पुगेको छ।

समूह १ मा रहेको भारतले अस्ट्रेलियालाई हराएसँगै समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो।

समूह चरणबाटै अपराजित भारतको सुपर ८ का तीन खेलमा जित निकाल्दा ६ अंक बटुलेको छ। अब यो समूहबाट अर्को कुन टोली सेमिफाइनल पुग्छ टुंगो छैन। बंगलादेश र अफगानिस्तानबीचको सुपर ८ को अन्तिम खेल
अहिले जारी छ।

अफगानिस्तानले जित निकाले अफगानिस्तान आफै र बंगलादेश विजयी बने रन रेटका आधारमा एक टोली सेमिफाइनल पुग्छ। यो समूहमा ३ खेलबाट अस्ट्रेलियाको २ र अफगानिस्तानको २ खेलबाट २ अंक छ।
यता कुनै खेल नजितेको बंगलादेश अंकविहीन छ।

सोमबार बेलुकाको खेलमा भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो।
अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित सर्वाधिक ७६ रन बनाएपनि टोलीको हार टार्न सकेनन्।

मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन थपे। भारतका अर्शदिप सिंहले ३ विकेट लिए। कुलदीप यादवले २ तथा जश्रप्रित बुमराह र अक्षर पटेलले समान १ विकेट लिए।

त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रनको योगफल तयार पारेको थियो।
कप्तान रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रनको उत्कृष्ट कप्तानी पारी खेले।

सूर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पन्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिस समान २ विकेट लिए। जोश हेजलवुडले १ विकेट झारे।

प्रकाशित: ११ असार २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =