मौद्रिक नीति देशको हित हुने गरी आउँछ : गभर्नर अधिकारी

हिमाल प्रेस १० असार २०८१ २०:२२
22
SHARES
मौद्रिक नीति देशको हित हुने गरी आउँछ : गभर्नर अधिकारी फाइल तस्बिर

काठमाडौँ- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको हित हुने गरी साउनको दोस्रो साताभित्र मौद्रिक नीति आउने बताएका छन्।

आज (सोमबार) काठमाडौँमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे छलफल कार्यक्रममा उनले सहज र व्यवसायमैत्री योजना ल्याउनका लागि सबै क्षेत्रसँग छलफल भइरहेको जानकारी दिए।

निजी क्षेत्रका व्यवसायीको भावना समेटेर र राष्ट्र बैंकको कार्य क्षेत्रभित्र रहेर मौद्रिक नीति तय भइरहेको उनको भनाइ छ।बैंकलाई विगतमा कडा मौद्रिक नीति तय गर्नुपर्ने अवस्था भएको उनले बताए। ‘आगामी आवको मौद्रिक नीति पनि नरम र सरल खालको आउँछ। विगतमा निकै कडा मौद्रिक नीति तय गर्न हामी बाध्य थियौँ। तीन वर्ष कडा ढंगले मौदिक नीति आयो। आगामी वर्ष त्यस्तो हुँदैन,’ उनले भने।

युवा बिदेसिएको, उपभोक्ता नभएको र निर्माण क्षेत्र डामाडोल भएकाले अर्थतन्त्रमा शिथिलता देखाइरहेको उनको भनाइ छ। कार्यक्रममा उनले आगामी वर्षको बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आउने गरी योजना बनेको बताए।

प्रकाशित: १० असार २०८१ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =