नेपाली सेनाका ६१ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस १० असार २०८१ १७:२८
36
SHARES
नेपाली सेनाका ६१ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त ६१ अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति शर्माले ६१ अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

दर्ज्यानी चिह्न प्राप्त गर्नेमा सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ समूह), हवाई सेवा तथा विविध सेवामा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट भएका प्राड उपसेनानी ५ जना, लेखा उपसेनानी ६ जना र प्राविधिक उपसेनानी ५० जना रहेका थिए।

कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले समेत नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नवनियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति शर्माले नवनियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: १० असार २०८१ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =