प्रचण्ड राम्रो प्रधानमन्त्री होइन, जादुगर बन्नु भो : रमेश लेखक

हिमाल प्रेस १० असार २०८१ १६:४०
प्रचण्ड राम्रो प्रधानमन्त्री होइन, जादुगर बन्नु भो : रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएका बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए।

उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको संख्या संख्या नभएर जादु रहेको बताएको भन्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आएको टिप्पणी गरे। उनले विडम्वनापूर्ण अवस्थामा नेपाली नागरिक बाँच्नु परिरहेको बताए।

उनले अहिले पनि धेरै चुनौतीहरू नेपाली नागरिकले व्यहोर्नु परिरहेको बताए। उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको बताए। उनले लोकतन्त्र भनेको विचारको बजार भएको बताए।

प्रकाशित: १० असार २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =