कांग्रेसभित्रको फोहोर सफा गर्नुपर्नेछ : गगन थापा

हिमाल प्रेस १० असार २०८१ १६:३६
22
SHARES
कांग्रेसभित्रको फोहोर सफा गर्नुपर्नेछ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बदनाम भइरहेको बताए।

सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको उनले बताए। उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने र चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए।

महामन्त्री थापाले कांग्रेसमा योगदान दिएका पात्रहरूलाई हामीले गाउँ-गाउँबाट खोज्न आवश्यक रहेको बताए। ‘कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ। कांग्रेसभित्रको फोहोर सफा गर्न हामीले फोहोर सफा गर्न ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन,’ उनले भने।

महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरूलाई म किन प्रधानमन्त्री बनेको हुँ भन्ने कुराको जानकारी नै नरहेको बताए।

प्रकाशित: १० असार २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =