निमित्त आईजीपी बने थापा

हिमाल प्रेस १० असार २०८१ १४:५०
2.4k
SHARES
निमित्त आईजीपी बने थापा

काठमाडौँ- नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी अतिरिक्त महानिरीक्षक दीपक थापाले पाएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अमेरिका प्रस्थान गरेपछि थापालाई निमित्त प्रमुख तोकिएका हुन्।

थापा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। आईजीपी कुंवरपछिको वरियतामा एआईजी टेकप्रसाद राई हुन्। यसअघि आईजीपी कुँवरले देशबाहिर जाँदा राईलाई नै निमित्त प्रमुखको जिम्मेवारी दिँदै आएका थिए। तर, एआईजी राई पनि भियतनाममा रहेकाले उनीपछिको वरियताका थापालाई जिम्मेवारी दिइएको हो।

असार ७ गते भियतनाम गएका राई १४ गते फर्किने तालिका रहेको निमित्त प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए। आईजीपी कुंवरसँगै प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्की पनि सोमबार अमेरिका प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो युनाइटेड नेशन चिफ अफ पुलिस समिटमा सहभागी हुन सुरक्षा प्रमुखहरुको टोली त्यसतर्फ प्रस्थान गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १० असार २०८१ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =