दक्षिण अफ्रिका टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा, बाहिरियो वेस्ट इन्डिज

हिमाल प्रेस १० असार २०८१ ११:०१
16
SHARES
दक्षिण अफ्रिका टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा, बाहिरियो वेस्ट इन्डिज

काठमाडौँ- वेस्ट इन्डिजमाथि ३ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनल पुगेको छ।

समूह २ अन्तर्गतको आजको खेल दुवै टोलीलाई सेमिफाइनल पुग्न निर्णायक थियो। यो समूहबाट इंग्ल्यान्डपछि दक्षिण अफ्रिकाले सेमिफाइनलको बाटो तय गर्दा वेस्ट इन्डिज बाहिरिएको छ।

वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाका कारण खेल विथोलिएपछि खेल १७ ओभरमा झारेर १२३ रनको लक्ष्य दिइएको थियो।
तर दक्षिण अफ्रिकाले ५ बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

दक्षिण अफ्रिका जितमा ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए। ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए। मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।

वेष्ट इन्डिजका रोस्टन चेसले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाउन सक्यो। वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४२ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

चेसले २ छक्का र ३ चौका प्रहार गरेका थिए। आन्द्रे रसेलले १५ रनमा नटआउट रहँदा अल्जारी जोसेफले ११ रनमै अविजित बनेका थिए।

यसबाहेक अन्य खेलाडीले दोहोरो रन प्रहार गर्न सकेनन्। दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले एक्लै ३ विकेट लिएका थिए।

यसबाहेक कागिसो राबाडा, केशव महाराज, ऐडेन मार्क्राम र मार्को जान्सेनले समान १-१ विकेट लिएका थिए।

प्रकाशित: १० असार २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =