युरो २०२४ : जर्मनी र स्विट्जरल्यान्ड ‘अन्तिम १६’ मा, स्कटल्यान्ड र हंगेरी बाहिरिए

हिमाल प्रेस १० असार २०८१ ७:५०
2
SHARE
युरो २०२४ : जर्मनी र स्विट्जरल्यान्ड ‘अन्तिम १६’ मा, स्कटल्यान्ड र हंगेरी बाहिरिए

काठमाडौँ- स्विट्जरल्यान्डलाई अन्तिम समयमा बराबरीमा रोक्न सक्दा जर्मनी समूह विजेता बन्दै युरो २०२४ को ‘अन्तिम १६’ मा पुगेको छ।

एक सयौँ मिनेटमा गोल गर्न सफल रहँदा समूह ए को विजेता बन्दै आयोजक जर्मनी अन्तिम १६ मा पुगेको हो। जर्मनीलाई बराबरीमा पुर्‍याउन निकलास फुलक्रजले निर्णायक गोल गरेका थिए।

यसअघि २८ औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डले अग्रता लिएको थियो। तर अन्तिम समयमा जर्मनी गोल गर्दै खेलमा फर्कियो।

समूह ए मा रहेका यी टोलीमध्ये जर्मनीले ३ खेलमध्ये २ मा जित र एकमा बराबरी गर्दै ७ अंक बटुलेको छ। यता स्विट्जरल्यान्डले ३ खेल नै खेलेर एकमा जित र २ मा बराबरी गर्दै ५ अंक बटुलेको छ।

स्विट्जरल्यान्ड पनि समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। यता गत राति नै भएको यही समूहको अर्को खेलमा स्कटल्यान्डमाथि हंगेरीले जित निकालेको थियो।

समूहको अन्तिम स्थानमा रहेको हंगेरीले जित निकाले पनि माथिल्लो चरणमा पुग्ने भने असफल रह्यो। जसका कारण स्कटल्यान्ड र हंगेरी दुवै टोली बाहिरिए।

प्रकाशित: १० असार २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =