बिर्तामोड-शनिश्चरे सडकमा थालियो कालोपत्रेको काम

हिमाल प्रेस १० असार २०८१ ७:२८
बिर्तामोड-शनिश्चरे सडकमा थालियो कालोपत्रेको काम फाइल तस्बिर

झापा- झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोड रुपैयाँको लगातमा कालोपत्र गर्ने काम थालिएको छ।

पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए।

‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ।’

बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनले बताए।

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए। सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन्।

‘सन्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए।

‘सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो’, उनले भने, ‘सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो।’

सडक कालोपत्रका लागि २५ करोडको कबोल अंक तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले १५ कराड ५० लाखमा ठेक्का लिएको छ।

प्रकाशित: १० असार २०८१ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast