टी-२० विश्वकप २०२४ : इंग्ल्यान्ड बन्यो सेमिफाइनल पुग्ने पहिलो टोली

हिमाल प्रेस १० असार २०८१ ७:०६
16
SHARES
टी-२० विश्वकप २०२४ : इंग्ल्यान्ड बन्यो सेमिफाइनल पुग्ने पहिलो टोली

काठमाडौँ-  अमेरिकामाथिको सानदार जितले इंग्ल्यान्ड टी-२० विश्वकप २०२४को सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ।

इंग्ल्यान्डले सुपर ८ का सबै खेल खेलिसक्दा ४ अंक बटुलेर सेमिफाइनल पुगेको हो। अब यो समूहबाट दक्षिण अफ्रिका र वेस्ट इन्डिजमध्ये एउटा टोली सेमिफाइनल पुग्नेछ।

जुन खेल अहिले जारी छ। यद्यपि यहाँ समूह विजेता चुनिन समेत दक्षिण अफ्रिका र वेस्ट इन्डिजको खेलको नतिजा कुर्नुपर्छ। तर ३ खेलबाट कुनै पनि अंक नबटुलेको अमेरिका भने बाहिरिएको छ।

सेमिफाइनलको यात्रा तय गर्न अमेरिकामाथि इंग्ल्यान्डले १० विकेटको जित निकाल्यो।

आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमै पुर्‍याएको हो।

इंग्ल्यान्डको जितमा विस्फोटक ब्याटिङ गरेका जस बटलरले ८३ रन बनाए। आक्रामकरूपमा प्रस्तुत भएका बटलरले ३८ बलमा ६ चौका र सात छक्का प्रहार गरे । अर्का ओपनर फिल साल्ट २५ रनमा अविजित रहे।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले १८.५ ओभरमा सबै विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो। अमेरिकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिक विकेट लिएका थिए।

अमेरिकाका नितिश कुमारले ३० रन बनाए। कोरी एन्डरसनले २९, हर्मित सिंहले २१ र कप्तान आरोन जेम्सले १० रन जोडे।

इंग्ल्यान्डका क्रिस जोर्डनले चार विकेट लिए। २.५ ओभर बलिङ गरेका उनले १० रनमात्र खर्चिए । जोर्डनले १९औँ ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्।

आदिल राशिद र साम करणले समान दुई विकेट लिए । रिस टोप्ली र लियम लिभिङस्टोनले समान एक विकेट हात पारे ।

प्रकाशित: १० असार २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =