डलरको भाउ यथावत्, अरू मुद्राको मूल्य कति छ?

हिमाल प्रेस १० असार २०८१ ६:३३
8
SHARES
डलरको भाउ यथावत्, अरू मुद्राको मूल्य कति छ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो र पाउन्डको मूल्य बढेको छ। त्यसैगरी आज अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५७ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३८ पैसा थियो।

प्रकाशित: १० असार २०८१ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =