प्याकुरेलले राजदूत पद अस्वीकार गर्नुको कारण ‘शैक्षिक योग्यता’

हिमाल प्रेस ९ असार २०८१ १६:१६
246
SHARES
प्याकुरेलले राजदूत पद अस्वीकार गर्नुको कारण ‘शैक्षिक योग्यता’ सुशील प्याकुरेल

काठमाडौँ- राजदूतमा सिफारिस भएको तीन दिनपछि सुशील प्याकुरेलले पद अस्वीकार गरेका छन्। गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक प्याकुरेललाई बिहीबार सरकारले दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरेको थियो।

राजदूत बन्न स्नातक तह पास भएको हुनुपर्छ। त्यही विषयमा अड्किएर उनले आफू नजाने बताएको हुनसक्ने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए। प्याकुरेलले राजदूतको मापदण्डको कुरा उठाउँदै आएका थिए। परिवर्तन गर्न नमिल्ने भएपछि उनी पछि हटेको ती अधिकारीले बताए।

राजदूतलगायतको नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। सर्वोच्चले योग्यता कायम हुनुपर्ने नजिर स्थापना गरेकाले त्यो निर्णय मन्त्रिपरिषद‌्‌बाट  हटाउन नमिल्ने भएपछि प्याकुरेलले पद अस्वीकार गरेको परराष्ट्र मन्त्रालयका एक सहसचिवको बुझाइ छ।

प्याकुरेलले आफूले दिएको वक्तव्यमा पनि राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्यको कुरा उठाएका छन्। साथै राजदूतको कार्यकालका विषयमा गम्भीर विमर्श हुनुपर्ने उनको सुझाव छ।

उनले भनेका छन्, ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु।’

दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका प्याकुरेलले गरे पद अस्वीकार

प्रकाशित: ९ असार २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =