मापसे गरेर आउने सांसदलाई निलम्बन गर्न माग

हिमाल प्रेस ९ असार २०८१ १४:४३
24
SHARES
मापसे गरेर आउने सांसदलाई निलम्बन गर्न माग कांग्रेस सांसद जितजंग बस्नेत

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा मादक पदार्थ सेवन गरेर आउने सांसदहरूलाई निलम्बन गर्ने माग उठेको छ। आज आइतबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्‌मा मादकपदार्थ सेवन गरेर आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका हुन्।

केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद मादकपदार्थ सेवन गरी संसद्‌मा आएको कुरा उठाएको भन्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने उनको भनाइ छ।

‘प्रतिनिधिसभामा महिला सांसदले पुरुष एकजना सांसद संसद्‌मा रक्सी खाएर आउनुहुन्छ भन्नुभयो। यदी त्यसो हो भने कारबाही हुनुपर्छ,’ उनले भने, ‘संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन नहोस्। त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ।’

उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए। सांसद बस्नेतले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्ने कुरा जायज नरहेको बताए।

प्रकाशित: ९ असार २०८१ १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =