सेनाको गोली लागेर हत्या गरिएका परिवारलाई राहत दिन बर्तौलाको माग

हिमाल प्रेस ९ असार २०८१ १३:०९
2
SHARE
सेनाको गोली लागेर हत्या गरिएका परिवारलाई राहत दिन बर्तौलाको माग महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर हत्या गरिएका परिवारलाई राहत दिन माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या भएको बताए।

यही असार ७ गते मध्यवर्ती क्षेत्र वनभित्र केही साथीहरू सहित गएका तितुङको गोली हानी हत्या भएको उनले बताए।

पर्सा वन्यजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी, खटिएका नेपाली सेनाले तितुङलगायतलाई आक्रमण गरेको उनको आरोप छ।

उनले वन जंगल संरक्षण गर्ने जनतालाई नै गोली हानी मारेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: ९ असार २०८१ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =