अस्ट्रेलियामाथि अफगानिस्तानको जित

हिमाल प्रेस ९ असार २०८१ १०:१९
8
SHARES
अस्ट्रेलियामाथि अफगानिस्तानको जित

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणको खेलमा अस्ट्रेलिया अफगानिस्तानसँग पराजित बनेको छ।

टस हारेर सुरुवाती ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाएर निर्धारित १४८ रनको लक्ष्य दिएको थियो। तर अस्ट्रेलियाले १९ दशमलव २ ओभरमा अलआउट हुनु अघि १२७ रन मात्र बनाउन सक्यो।

अफगानिस्तानको जितका लागि  गुलबदिन नाबीले ४ विकेट लिएका थिए। ४ ओभर बलिङ गरेका नाबीले २० रन खर्चेर किफायती बलिङ गरे।

नविन उल हकले ३ विकेट लिँदा कप्तान राशिद खान, मोहम्मद नावी र अजमतुल्लाह उमरजईले समान १-१ विकेट हात पारे।

अस्ट्रेलियाका लागि म्याक्स वेलले ४१ बलमा ५९ रन बनाउँदा पनि जितका लागि पर्याप्त भएन। मार्कुस स्टोनिइस १७ बलमा ११ रन बनाउँदा कप्तान मिचेल मार्स ९ बलमा १२ रन थप्न सफल भए।

अन्य ब्याट्स म्यानले दोहोरो रन जोड्न सकेनन्। सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा यसअघि अफगानिस्तानका रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानले ११८ रनको ओपनिङ सुरुवात गरेका थिए।

अस्ट्रेलियाले पहिलो विकेटका लागि १५ दशमलव ५ ओभरसम्म संघर्ष गर्‍यो। अफगानिस्तानका लागि करिम जन्नतले १३ रन थप्दा मोहम्मद नाबी १० रनमा नटआउट रहे।

अस्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिएर ह्याट्रिक गरेका थिए। एडम जाम्पाले २ विकेट लिँदा मार्कुस स्टोइनिसले एक विकेट हात पारे।

अस्ट्रेलियामाथि अफगानिस्तानको टी-२० मा पहिलो जित हो। यो जितसँगै सुपर ८ को यो समूहको खेल रोचक बनेको छ।

२ खेलबाट ४ अंक बटुलेर भारत शीर्षमा रहँदा अस्ट्रेलिया समान खेलबाट २ अंकमा सीमित छ। अस्ट्रेलियामाथि जितेको अफागनिस्तान पनि २ अंक बटुल्दै शीर्ष ३ मा परेको छ। अस्ट्रेलियाभन्दा अफगानिस्तान रनरेटमा मात्र पछि छ।

यता २ खेलमै पराजित बंगलादेश भने अंकविहीन बन्दै समूहको अन्तिम स्थानमा छ। सेमिफाइनलमा पुग्ने टिमका लागि अबका खेल महत्वपूर्ण हुने देखिन्छ।

प्रकाशित: ९ असार २०८१ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =