कर्मचारीको मागका विषयमा सभामुखसहित शीर्ष नेताहरूको बैठक चल्दै

हिमाल प्रेस ९ असार २०८१ ९:४५
32
SHARES
कर्मचारीको मागका विषयमा सभामुखसहित शीर्ष नेताहरूको बैठक चल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर

काठमाडौँ- संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा छलफल गर्न राजनीतिक शीर्ष तहको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी भएका छन् ।

सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका सभामुखको सचिवालयले जनाएको छ ।

आइतबार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ ।

प्रकाशित: ९ असार २०८१ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =